इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन,कुन स्थान कति ?

फाइल तस्वीर

काठमाडौं। हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ। मूल्य समायोजन सँगै विभिन्न गन्तव्यको भाडा घटेको छ।

नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो।सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो।

समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ। धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ। काठमाडौं-भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ। क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ।

कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा) 

काठमाडौं–माउन्टेन फ्लाइट: २१०

काठमाडौं–भद्रपुर: १८०

काठमाडौं–विराटनगर: १४०

काठमाडौं–जनकपुर: ७५

काठमाडौं–पोखरा: ९५

काठमाडौं–भरतपुर: ६५

काठमाडौं–भैरहवा:१२५

काठमाडौं–नेपालगञ्ज: १९५

काठमाडौं–धनगढी:२६५

काठमाडौं–तुम्लिङटार:११०

काठमाडौं–सिमरा: ५५

काठमाडौं–सुर्खेत:२१०

काठमाडौं–राजविराज: १२५