राष्ट्रपति पौडेल भेट्न कांग्रेस सभापति देउवा शीतल निवासमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

भेटघाटको विषय के हो भन्ने खुलेको छैन । कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि राष्ट्रपति बन्नुभन्दा पहिला कांग्रेसका नेता रहेकाले कसरी समाधानको उपाय निकाल्ने भन्नेबारे छलफल गर्न र सुझाव माग्न देउवा शीतल निवास पुगेको हुनसक्ने निकट नेताहरू बताउँछन्।