पार्टी फुट्न दिँदैनौं: चन्द्र भण्डारी

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन्।

उनले भने, ‘कांग्रेस फुट्छ कि भन्नेछ। तर, हामी पार्टी विभाजन हुन दिँदैनौँ। विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शङ्का छ । तर, हामी पार्टी विभाजन हुन दिँदैनौँ। नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन।

नीतिगत वा सङ्कल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो।

पार्टी नेतृत्वले जेनजी आन्दोलनको मनोभावना सम्बोधन गर्न नसकेको उनको गुनासो छ । उनले भने, ‘जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो, त्यसैले विशेष महाधिवेशन बोलाउनुपर्थ्यो । भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्नेथियो ।’