देउवा र खड्कालाई विशेष महाधिवेशनमा निमन्त्रणा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएका छन्।
देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका लागि निम्ता पठाइएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान भएको छ।
विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा।शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता दिएको छैन।
