रास्वपासँग कुरा नमिलेपछि उज्यालो पार्टीका अध्यक्ष बने कुलमान
काठमाडौं । रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
पार्टी प्रवक्ता डा.राजु थापाले उनलाई नियुक्त गरिएको र औपचारिक घोषणा बाँकी रहेको जानकारी गराएका हुन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको र कुलमानले आजै पत्रकार सम्मेलन पनि आयोजना गर्दै छन् ।
