आज पौष २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष- आज कुनै नयाँ कामको थालनी गर्न उपयुक्त दिन छ । काममा जोश र जागर बढ्नेछ । कार्यहरू सजिलै सम्पन्न हुनेछन् भने इच्छा शक्ति पनि बलियो बन्नेछ। पढाइमा प्रगति देखिन्छ । विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन हर्षित हुनेछ, जसले काम प्रति थप उत्साह जगाउनेछ।
वृष- अनावश्यक डर र वादविवादको सम्भावना रहेकाले आजको समय खासै अनुकूल छैन । कसैसँग झगडा हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस् । पेशागत क्षेत्रमा समस्या देखिन सक्छ भने घर परिवारमा पनि मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका काममा मन जानेछ तर अपेक्षित सफलता नआउँदा समय र श्रम व्यर्थ जान सक्छ।
मिथुन- आज मनमा द्विविधा रहन सक्ने दिन छ । सामाजिक कार्यमा नाम रहनेछ । व्यापार तथा जागिर सामान्य रूपमा चल्नेछ तर नयाँ कामको सुरुवातका लागि दिन उपयुक्त छैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ र व्यापारमा घाटाको सम्भावना पनि देखिन्छ । जागिरमा विशेष सजग रहनुहोला।
कर्कट- चल–अचल सम्पत्तिको कारोबार हुन सक्ने दिन छ । वैवाहिक जीवन सुखी रहनेछ । पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्राको योग पनि रहेको छ।
सिंह- परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् र मन शान्त रहनेछ । व्यापारिक तथा दैनिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन्। विदेशबाट धन प्राप्त हुने सम्भावना छ । परोपकार तर्फ मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्नेछ।
कन्या- आज खर्च गर्दा विशेष होस पुर्याउनुहोस् । खानपानमा लापरबाही नगर्नुहोस् । परिवारमा समस्या आउन सक्छ । समय सामान्य भएपनि खर्च र विवाद बढ्ने तथा शत्रुबाट सताउने योग छ । भौतिक साधनको क्षतिबाट धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा अत्यन्त सावधानी अपनाउनुहोस् ।
तुला- आज धन लाभको योग छ । पढाइमा प्रगति हुनेछ र दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयास गरेका काम ढिलै भएपनि सफल हुनेछन् । धनजनमा वृद्धि भई समर्थन प्राप्त हुनेछ । ठूला व्यक्तिसँग भेटघाटको अवसर पनि मिल्न सक्छ ।
वृश्चिक- आयआर्जनका दृष्टिले राम्रो दिन छ । नयाँ कामका लागि परिवारजनबाट राम्रो सल्लाह प्राप्त हुनेछ । धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । कामको सफलताले आत्मविश्वास बढ्नेछ र पुराना कामहरू आज नै सम्पन्न हुन सक्छन् ।
धनु- आज हाँसखेल, भ्रमण र मनोरञ्जनमा समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ। नयाँ काम र धनआर्जनका अवसर देखिएपनि आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा र लेनदेनका काम टार्नु उचित हुनेछ।
मकर- स्वास्थ्य बिग्रन सक्ने दिन छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा नगर्नुहोस् । अनावश्यक खर्च बढ्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । धन नाशको सम्भावना छ भने प्रेम सम्बन्धमा पनि धोका पाउन सकिन्छ।
कुम्भ- आमाबाट प्राप्त धनको सदुपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन जाँदा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। मनमा केही द्विविधा भएपनि अन्ततः काममा सोचेजस्तै सफलता र उन्नतिको अवसर प्राप्त हुनेछ ।
मीन- कमाइ सोचे अनुसार हुनेछ। पठन–पाठनमा प्रगति हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाइ बढी रहनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायी हुनेछ । कृषि क्षेत्रमा भने बढी परिश्रम र लगानी आवश्यक पर्न सक्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ।
