ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
डडेल्धुरा।डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक परशुराम- १२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा परी दुवै जना घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लग्दा डाक्टरले दुवै जनालाई मृत घोषणा गरे।
जोगबुढा-दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए।
प्रहरीका अनुसार परशुराम नगरपालिका नै घर भएका ट्र्याक्टर चालक ३२ वर्षीय सुरेश भट्ट फरार छन्।

