कांग्रेसको विशेष महाधिवेशनमा को-को सहभागि भए ?
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आइतबार दिउँसो २ बजे विशेष महाधिवेशनको उद्घाटन सत्र शुरू भएको हो।
विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत सहभागी छन्। श्रेष्ठलाई महामन्त्री गगन थापाले मञ्चमा स्वागत गरेका थिए।
उद्घाटन समारोहमा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत सहभागी छन् ।
पार्टीमा मध्यमार्गी भूमिका खेलेको २५ मध्ये २० केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा सहभागी हुँदैछन् । डा। शेखर कोइराला पक्षका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि उपस्थित भएका छन् ।
