काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। आज बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो।

यसअघि आजै बिहान ५ः४५ बजेको सुरुवाती मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो । तर, अहिले भने सो तापक्रम झरेर ३ डिग्री कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो।