एसबीआई बैंकको ३ करोड लुटियो, चालक प्रहरी नियन्त्रणमा
काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ। मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो ।
नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।
प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालक बनेपाका हुन् भने सबै लुटेरा बनेपाबाट गएका थिए । अरु लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
