कांग्रेस विशेष महाधिवेशन: मतदान राति ८ बजे
काठमाडौं। नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।
समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्ने समय ४ बजेदेखि ४स्३० बजेसम्म तोकिएको छ।
दाबी(विरोधपछि उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे सार्वजनिक गरिनेछ। निर्वाचन समितिले मतदान राति ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाएको छ।


