देउवा नेतृत्वको समिति भंग भइसकेको छः गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको समिति भंग भइसकेको बताएका छन्। उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले भने–२४८८ महाधिवेशन प्रतिनिधि यहाँ हुनुहुन्छ, तपाईंहरुमात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? हामीले निर्वाचन आयोगमा समयमै जानकारी गराइसकेको छ। देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ। हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ। यो कुरा सिंगो देश र नागरिकले सुनिरहेको छ। यो हो नेपाली कांग्रेस।
