टिकट वितरणमा कसैलाई प्रतिशोध राखिँदैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन्।

निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि थापाले भने,हामी कसैलाई काखा पाखा गर्दैनौं। कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो।

उनले भने टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन। जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन। कसैलाई प्रतिशोध राखिंदैन।

सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले भने,आजैदेखि एकढिक्का भएर पार्टीको काममा लाग्ने छौं।