आयोगले मान्यता दिएपछि खुसी मनाउँदै गगनपक्षीय कांग्रेस कार्यकर्ता

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ता खुसी मनाउन थालेका छन्।

निर्वाचन आयोग परिसरबाहिर आज दिउँसोदेखि नै शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए।

आयोगको निर्णय सार्वजनिक भएसँगै गगन पक्षीय कार्यकर्ताले खुसीयालीमा नाराबाजी गरेका छन्।