राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने
काठमाडौं। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्। उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन्।
अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन्।
