काठमाडौं-५ मा प्रदीप पौडेल र इश्वर पोखरेल भिड्ने
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। हालै सम्पन्न विशेष महाधिवेशनाट महामन्त्री बनेका पौडललाई पार्टीले उम्मेदवार बनाएको हो।
त्यस्तै एमालेले ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग पराजित पोखरेललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा २०७९ को निर्वाचनमा पोखरेललाइ हराउँदै कांग्रेसका पौडेल नै विजयी भएका थिए।
यसपटक पनि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको हो। रास्पवाले भने सस्मित पोखरेलाई उम्मेदवार बनाएको छ।
