बिहानैदेखि बालेनको व्यस्तताः घरघर पुग्दै, मत माग्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) निर्वाचन क्षेत्रमा होमिएका छन्। मंगलबार मात्र झापा–५ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका बालेन आज बिहानैदेखि मतदाताको घरदैलोमा निस्किएका हुन्।
बालेनेका सचिवालयका अनुसार उनी बिहानैदेखि झापा– ५ मा घरदैलो अभियानमा हिँडेर मतदातासँग अन्तरक्रियामा व्यस्त भएका छन्। उनले समुदायका सवै वर्गका मतदाता जनतासँग भेटघाटलाई निरन्तरता दिएका छन् भने मतदाताको गुनासो सुनिरहेका छन्।
