घट्यो सुनचाँदी मूल्य,तोलामा कति ?
काठमाडौं। अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ।
चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८७० रुपैयाँमा झरेको छ। चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो।
