जेन्जी आन्दोलनको घटना छानबिन आयोगको म्याद थप्न तयारी
काठमाडौं । जेन्जी आन्दोलन सम्बन्धी घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिँदैछ।
भदौमा तीन महिनाको कार्यादेशसहित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो। आज फेरि म्याद थप्ने तयारी भएको छ।
आयोगले प्रतिवेदन लेखनको ८० प्रतिशत काम सकिएकाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दुई साता थप समय मागेको थियो।
