यी स्थानमा आज हिमपात र वर्षाको सम्भावना

फाइल तस्वीर

काठमाडौं। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सुरकुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।