सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी भट्टलाई
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले पाएका छन्।
यसअघि सशस्त्रमा प्रहरी नायव महानिरीक्षक मनिष थापा सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारीमा थिए।
उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएर गएपछि भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
