‘निर्वाचन रोकिन्न, सत्ता हस्तान्तरण हुन्छ’
काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छिन्।
उनले सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन्। उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन्।
उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि निर्वाचन गराउने बताइन्।
उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारिन्। यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताइन्। प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको उल्लेख गरिन्।
