उपत्यका निर्वाचन सेलको जिम्मेवारी एसएसपी बस्नेतलाई
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाको निर्वाचन सेलको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको निर्वाचन सेलको कमाण्डर बनाइएको हो ।
यी तीन जिल्लाहरुको रिपोर्टिङ लिने,आवश्यकताअनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउनेसम्मका कामहरु हुने बताइएको छ ।
बस्नेत यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत थिए । टेकुबाट सरुवा भएर उनी उपत्यका प्रहरी कार्यालय रानिपोखरी पुगेका थिए ।
