कांग्रेसको चुनावी नीति: क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने
काठमाडौं। नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूलाई परिचालन गर्न फागुन २१ का लागि मेरो २१ दिनझ कार्यक्रम शुरू गर्ने तयारी गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो। त्यसका लागि कांग्रेसले ञनेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं.२१ मा यो विषय उल्लेख गरेको छ।
फागुन २१ का लागि मेरो २१ दिनझ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ छ, उसले खट्ने त्यहाँझ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछझ,निर्णयमा भनिएको छ।
यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसहित निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा काम सकेर फेरि आफ्नै जिल्लारक्षेत्ररपालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
कांग्रेसले एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा जान नपाइने पनि निर्णय गरेको छ। कांग्रेसका सदस्यले अर्को वडामा नगएर ञहाम्रो वडा हामी जिताउँछौँ। उद्घोषसहति आफ्नै वडामा खट्नुपर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको।
कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई त्यही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।
