इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं ।आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले ७ विकेट गुमाएर १८४ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले समान एक एक विकेट लिए।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका थिए। नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो। दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।
