ओलीको कटाक्ष- बालेनले आफ्नो क्षेत्रमा विश्वास गुमाएपछि झापा पुगे

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संकेत गर्दै आफ्नो क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रमा पुग्ने गरेको टिप्पणी गरेका छन् ।

गौरीगञ्जमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘काठमाडौंमा जितिसकेको मान्छेले त्यहीँबाट किन लड्दैन रु आफ्नै जिल्लामा पत्याइँदैन भनेर नयाँ ठाउँ चहार्नुपर्ने बाध्यता आउँछ।ओलीले गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं.२०२६ सालदेखिको रहेको स्मरण गराए।

उनले २०२६ देखि २०२९ सम्म सङ्गठनमा सक्रिय रहेका र २०३० मा जेल परेपछि केही समय बाधा पुगे पनि २०४७ को अन्त्यदेखि निरन्तर सम्बन्ध कायम रहेको बताए ।

ओलीले गौरीगञ्जको विकासमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै विगतको अवस्था र वर्तमान ‘सेल्फी रोड’ जस्तो बनेको क्षेत्रबीच आकाश–जमिन फरक रहेको बताए।

हुलाकी राजमार्ग आफ्नै पहलमा सफल भएको दाबी गर्दै कन्काईको एक पुलबाहेक अधिकांश काम सम्पन्न भएको र रतुवा तथा कमला पुलका प्राविधिक समस्या समाधानको क्रममा रहेको ओलीले बताए ।

सामाजिक सुरक्षातर्फ आफ्नो नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएको स्मरण गर्दै ओलीले वर्तमान आर्थिक संकट र बारम्बार सरकार परिवर्तनले थप बढाउन नसकिएकोमा दुःख व्यक्त गरे। उनले सामाजिक सुरक्षा भत्तामा ठूलो रकम खर्च भइरहेको र ज्येष्ठ, एकल महिला, अपाङ्गता लगायतले लाभ लिइरहेको बताए।