कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ: गगन थापा
सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । आज (मंगलबार) सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका हुन् ।
उनले भने,तपाइहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु।’
सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे।
‘काग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला’, उनले भने, ‘मैले तपाइहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।
उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए।
