काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा दुर्घटना
काठमाडौं ।काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। रामेछापको मन्थली नगरपालिका-६ मा पर्ने स्थानबाट बस नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ।
५ जनाको उद्धार गरेर अस्पातल लगिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी राजनप्रसाद तिम्सिनाले जनाकारी दिए। अहिले तामाखोसरी नदीमा तैरिरहेको बसबाट बाँकीको गोताखोरको परिचालन गरेर उद्धार कार्य भइरहेको छ।
बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन। दुर्घटनामा ठूलो हताहती भएको हुन सक्ने बताइएको छ।
