कांग्रेसले बागीलाई उम्मेदवारी फिर्ता लिन दबाब दिने,बोलायो बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिए । देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।

एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने, त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आषिश शर्मासहित ३ जना रहो छन् ।