अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने विश्वप्रकाशको दाबी

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्री बन्न नपाउने नीति लागू गर्ने दाबी गरेका छन्।

सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले यसअघि कायम रहेको सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर,प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकालमा ‘एकरदुईरतीनरचार’ को सीमा संविधानमा अंकित गर्ने योजना अघि सारेको बताए। उनले भने,अब उप्रान्त कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउने छैनन्।

उपसभापति शर्माले कांग्रेसले देखाएको परिवर्तनबारे मतदाताले बुझ्ने विश्वास व्यक्त गरे र फागुन २१ को निर्वाचनमा त्यसले जीत दिलाउने अपेक्षा व्यक्त गरे। देश जान्दछ, कांग्रेस बदलिएको छ। र यो पनि देश जान्दछ-जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ,उनले भने।

शर्माले कांग्रेसले देशको शासन सुधारका लागि योजनाबद्ध र व्यवस्थित कदम चालिरहेको र जेनजी विद्रोहको भावना अनुरूप सुधार, परिमार्जन र समग्र परिवर्तन कांग्रेसले नै सम्भव बनाउने दाबी पनि गरे।