आज फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष- अचानक आम्दानी हुने योग छ। पैसा कमाउने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । साथी तथा घर परिवारबाट सुख शान्ति मिल्नेछ।

वृष- नसोचेको ठाउँमा खर्च हुन सक्छ। व्यर्थको खर्चले मन पिरोल्न सक्छ। सोच्दै नसोचेको स्थानमा पैसा खर्च हुन सक्ने देखिन्छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ।

मिथुन- आफन्तसँगको मिलनले सुख दिनेछ। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ। खर्चभन्दा कमाई नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। काम बन्नाले सुखको अनुभव हुन्छ।

कर्कट- पैसा कमाउने योग छ। बचत हुने प्रबल सम्भावना देखिन्छ। नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ । पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ।

सिंह- मनोरञ्जनात्मक तरिकाले काम सफल हुनेछ। नयाँ योजनाहरू बन्ने सम्भावना छ। रमाइलो वातावरणमा काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ।

कन्या- वादविवादको सामना गर्नुपर्न सक्छ। आगो तथा मेसिनरी सामाग्रीबाट सावधान रहनु उचित हुनेछ। आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन्।

तुला- जागिर सम्बन्धी काममा केही डर रहनेछ। मान सम्मान प्राप्त भएपनि मनमा चिन्ता रहन सक्छ। स्वास्थ्यका दृष्टिले समय राम्रो छ। आर्थिक लाभ हुनेछ।

वृश्चिक- रमाइलो र मनोरञ्जनपूर्ण दिन रहनेछ। कामबाट सजिलै फुर्सद पाइनेछ। मन प्रसन्न रहनेछ। माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।

धनु- अप्रत्याशित लाभ हुनेछ। काममा मन राम्रोसँग लाग्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजबाट फाइदा हुने संकेत छ। सुखको अनुभव हुन्छ।

मकर- अनावश्यक झमेलामा पर्न सकिन्छ। केही हानि हुन सक्ने भएकाले सावधान रहनु होला। पीडा दिने व्यक्तिहरू सक्रिय हुन सक्छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु उचित हुनेछ।

कुम्भ- धन आर्जनका लागि राम्रो दिन छ। अन्न सम्बन्धी काममा लाभ हुनेछ। कसैबाट सहयोग तथा समर्थन प्राप्त हुन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ।

मीन- राम्रो आम्दानीका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। नसोचेको स्थानबाट धन लाभ भई मन हर्षित रहनेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ।