दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।
प्रसाईंलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।
फागुन २१ गते हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ।
यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो।

