ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा। नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन्।

निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ।

प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए।

अमरसिंह चौकमा आयोजना हुने चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक हुने दाहालले जानकारी दिए। अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम छ।