पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप

काठमाडौं। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ।

सामाजिक सञ्जालमा आज उक्त भिडियो भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कर्यालयले उनलाई पक्राउ गरेको थियो।

उक्त घटनामा संलग्न बैतडी पुर्खेउली घर भइ हाल काठमाडौँको बूढानीलकण्ठ ३ बस्दै आएका ४२ वर्षीय पारस बमलाई नियत्रणमा लिइएको र उनी इन्जिनियर भएको खुलेको प्रहरीले जनाएको छ।

उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएलगत्तै अदालतमा पेश गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ।

नारायणगोपाल चोकस्थित सडक खण्डमा बा ३ च ११०३ नम्बरको निजी कारबाट ओर्लिएर उनले कुटपिट गरेका हुन्।

उनले जथाभावी बोलेको आरोप लगाउँदै पैदलयात्रुलाई २ पटक टाउकामा हानेको भिडियोमा देखिन्छ। सडकमा ट्राफिक जामका समयमा कारबाट ओर्लिएर उनले कुटेका थिए।