आज फागुन ०८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष- मन मिल्ने साथी भेटिनुका साथै प्रेम सम्बन्ध अझ कसिन सक्छ । भेटघाटले दिनको पूर्वार्ध रमाइलो रहनेछ । धन आर्जन गर्ने अवसर प्राप्त हुन सक्छ। रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्ने सम्भावना छ । परिवारसँगको सम्पर्कले मन प्रसन्न रहनेछ । नयाँ काम सुरु गर्ने अवसर जुट्न सक्छ।

वृष- मन मिल्ने साथी भेटिएपनि आफ्ना भावना व्यक्त गर्न उपयुक्त समय कुर्नु उचित हुनेछ । भविष्यमा लाभ दिने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने क्षेत्रमा लगानी गर्ने मौका मिल्न सक्छ । लामो यात्राको सम्भावना छ । नजिकका साथी टाढिए पनि टाढाका साथीहरूसँग सम्बन्ध प्रगाढ हुन सक्छ।

मिथुन- मित्रहरूको सहयोगले काममा उत्साह थपिनेछ । प्रतिष्ठित कार्यमार्फत धेरैको मन जित्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ। आम्दानी सामान्य रहेपनि खर्चले चिन्ता बढाउन सक्छ । छिमेकमा असमझदारी बढ्न सक्छ, बलजफ्ती गर्दा काम बिग्रन सक्छ।

कर्कट- अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिनेहरूबाट झुक्किने सम्भावना छ, अरूको विश्वास गर्दा धोका हुन सक्छ। व्यापारमा ठूलो उपलब्धि हासिल गर्न गाह्रो पर्न सक्छ । ईर्ष्यालु व्यक्तिहरूले अवरोध सिर्जना गर्न सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ।

सिंह- साहस र मेहनतले विभिन्न अवसर दिलाउनेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। रोकिएका काम सम्पन्न हुँदा आर्थिक अवस्था बलियो बन्नेछ। आकर्षक प्रस्तुति र प्रभावशाली बोलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। पहिले रोकिएको प्रतिफल प्राप्त हुने सम्भावना छ।

कन्या- बोलीको प्रभावबाट लाभ लिन सकिनेछ । मेहनतले धेरै काम सफल हुनेछन्। प्रतिस्पर्धीलाई सहजै पछि पार्न सकिनेछ। समुदायको हितमा काम गर्ने अवसर मिल्नेछ। केही दौडधुप गर्नुपरेपनि रोकिएका काम क्रमशः अघि बढ्नेछन्।

तुला- अध्ययनमा पछि पर्ने संकेत भएकाले सचेत रहनुहोस्। प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला। आफन्तसँग सामान्य विवाद हुन सक्छ र आर्थिक समस्या देखिन सक्छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला।

वृश्चिक- योजना गोप्य राख्दै प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोस्। लगनशीलताले गुमेको सम्मान पुनः दिलाउन सक्छ। ईर्ष्यालु व्यक्तिबाट सावधान रहनुहोला। आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रशंसक बढ्नेछन् र मान सम्मान प्राप्त हुनेछ, यद्यपि काममा सानातिना चुनौती आउन सक्छन्।

धनु- विभिन्न अवसर प्राप्त हुँदा मन उत्साहित रहनेछ । तर आफन्तको अन्धविश्वास गर्दा समस्या आउन सक्छ । पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्ने समय छ।

मकर- काममा प्रेरित गर्ने व्यक्तिहरू भेटिनेछन् । रमाइलो जमघट र विशेष उपहारको अवसर मिल्न सक्छ । नयाँ काम सुरु हुनेछ र विभिन्न अवसरले साथ दिनेछन्। नाम, दाम र इनाम प्राप्त हुने संकेत देखिन्छ।

कुम्भ- स्वास्थ्य प्रति सजग रहनु आवश्यक छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । अप्रत्याशित स्रोतबाट धन आर्जन हुन सक्छ । पुराना साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । सानो नोक्सानी भएपनि दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानी गर्ने मौका प्राप्त हुनेछ । व्यापारमा राम्रो लाभ देखिन्छ ।

मीन- मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्न सक्छन् र शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । प्रशंसनीय काम सम्पन्न हुँदा नयाँ अवसर प्राप्त हुनेछन्। अवसर आएपनि निर्णय लिनुअघि राम्रोसँग विचार गर्नुहोला।