आचारसंहिता उल्लंघन: ७५ जनासँग स्पष्टीकरण, ५२ को जवाफ प्राप्त

काठमाडौं। निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएको निर्वाचन आयोग ले जनाएको छ।तीमध्ये ५२ जनाले जवाफ दिएका छन्।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुन का अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण माग गरिएको हो । बाँकीको जवाफ आउन बाँकी छ।

आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रकरकोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया जारी छ। आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील छन्।