गौरमा पुनः निषेधाज्ञा जारी
काठमाडौं। जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि दिउँसो १ बजेदेखि आज बिहान ६ः ३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८ः ३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो।
