आज फागुन ११ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष- आज अल्छीपन र स्वास्थ्य समस्याले सताउन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। स्वास्थ्य कमजोर हुँदा काममा ढिलासुस्ती हुन सक्छ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ ।
वृष- परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुने संकेत छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भावना छ । बुद्धिको सही प्रयोगबाट सफलता मिल्नेछ भने अन्न तथा धन लाभको योग छ । परिवारजनका अपेक्षा पूरा गर्न सकिनेछ ।
मिथुन- चिताएको काममा सफलता र धन लाभ हुने दिन छ । पुराना साथीसँग भेटघाटले मन प्रसन्न हुनेछ । अनौठो माध्यमबाट आर्थिक लाभ हुन सक्छ । परिवारबाट सुखद अनुभूति प्राप्त हुनेछ।
कर्कट- सामान्य स्वास्थ्य समस्या देखिए पनि सामाजिक सम्मान प्राप्त हुने समय छ । रमाइलो यात्रा र मनोरञ्जनका गतिविधिमा दिन बित्नेछ । अनपेक्षित रूपमा धन लाभ हुन सक्छ।
सिंह- आर्थिक पक्ष कमजोर देखिएको छ । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ । सामान्य रोगले सताउन सक्छ भने भौतिक सामाग्रीको क्षति हुन सक्ने सम्भावना छ । खर्चमा विशेष सतर्कता आवश्यक छ।
कन्या- बिहान सुखद अनुभूति भएपनि बेलुका काममा मन नलाग्न सक्छ । अथक प्रयासले रोकिएका काम बन्ने संकेत छ । आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको भेटघाटले मन प्रसन्न हुनेछ, तर सबै काम सोचे अनुसार सम्पन्न नहुन सक्छन्।
तुला- आम्दानीका नयाँ स्रोत खुल्ने योग छ । नसोचेको ठाउँबाट आय आर्जन हुन सक्छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सकारात्मक सोचको विकास हुनेछ र उपलब्धिमूलक यात्रा हुन सक्छ।
वृश्चिक- नयाँ कामको थालनीका लागि समय अनुकूल छ । आर्थिक पक्षमा केही दबाब देखिए पनि मेहनतले लाभ दिलाउनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । व्यापार व्यवसायबाट फाइदा मिल्ने संकेत छ।
धनु- अनावश्यक डर र चिन्ता बढ्न सक्छ । सानोतिनो मन मुटावको सम्भावना छ । निर्णयमा ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ । स्वास्थ्यमा अचानक समस्या वा चोट पटकको सम्भावना भएकाले सतर्क रहनु आवश्यक छ ।
मकर- आदर र सम्मान प्राप्त हुने दिन छ । धन र प्रतिष्ठामा वृद्धि हुन सक्छ । जागिर वा राजनीतिमा प्रभाव बढाउन सकिनेछ । विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुने सम्भावना छ ।
कुम्भ- सोचेका काम पूरा हुने र आर्थिक कारोबार राम्रो हुने संकेत छ । परिवारको साथले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ। धार्मिक वा परोपकारी क्षेत्रमा लगानी लाभदायी हुन सक्छ ।
मीन- नसोचेको स्थानबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा सामान्य विवादको सम्भावना छ । विशेष निम्तोमा सहभागी हुने अवसर मिल्न सक्छ । खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ । उपहार तथा सम्मान प्राप्त हुने समय छ ।
