धादिङ बस दुर्घटना अपडेट: २८ जना घाइतेको पहिचान खुल्यो
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४५ जना सवार रहेको बताइएको छ । २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । घाइते सबैको पहिचान भने खुलेको छ ।
दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ ।जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए।
घाइतेको विवरण


