कालापानी क्षेत्रमा पनि चुनाव गराउन माग गर्दा फणिन्द्र नेपाल पक्राउ
काठमाडौं । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन्। निर्वाचन आयोग बाहिर ब्यानर प्रदर्शन गरेपछि उनलाई प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको हो।
नेपालले कालापानी क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने मागसहितको ब्यानर प्रदर्शन गरेका थिए । नेपालको नक्सामा समावेश भएको क्षेत्रर्लाइ निर्वाचनमा छुटाउन नहुने नेपालको भनाइ छ।
