एकैदिन तीन जिल्लामा चुनावी सभा गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दै छ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो ।
काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ भने बागलुङ दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ। यी सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् ।
चुनाव नजिकिँदै गर्दा काँग्रेसले चुनावी सभालाई तीव्रता दिएको छ। यस अघि बिहीबार काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो।
