सुनको मूल्य घट्यो,प्रति तोला कति ?
काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सून पाँच सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला तीन लाख १५ हजार ४ सय र चाँदी प्रतितोला पाँच हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको थियो।
गत बुधबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय र एक तोला चाँदीको पाँच हजार ५ सय ८५ निर्धारण भएको थियो। गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५ सय र चाँदी प्रतितोला पाँच हजार ५ सय ९५ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १ सय ८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
