देश हेटौँडा सिमेन्ट जस्तै भयो, कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍यो: बालेन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन्।

शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गरे।

उनले दक्ष जनशक्ति,खानी र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उनले नेपाली कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गरे।

उनले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिन्हमा मतदान गर्न आग्रह गरे।