‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन्’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन्। चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो। बालबालिकालाई गोली पनि उसैले हान्यो। सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो,’ उनले भने।
उनले इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताए। ‘जो जहाँ हुनुहुन्छ – राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस्। सबैको पार्टी हो रास्वपा,उनले भने, मलाई चर्को नबोल भन्छन्। म परेँ रवि लामिछाने।
