सभापति थापाको मधेस दौडाहा, शर्माको तीन जिल्लामा चुनावी सम्बोधन
काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मधेस प्रदेशका सर्लाही, रौतहट, बारा र पर्सामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।
उनी सर्लाहीको लालबन्दीबाट कार्यक्रम सुरु गरी वीरगञ्जसम्म पुग्ने र रोड शोमा समेत सहभागी हुने उनको सचिवालयले जनाएको छ। आइतबार भने काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि थापाले जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए भने विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गर्दै आएका छन्।
यता नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज गुल्मी, डोल्पा र अछामका कार्यक्रमलाई सम्बोधन गरी साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
