देश र जनतामा अनुरोध

प्रजातन्त्र, पुर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारको परिभाषा देशको हितलाई हामी आफैले निर्धारण गर्ने हो, आयातित वुझाई स्वीकार्य छैन- चिनिया विचार

आफ्नो भु-धरातल कस्तो छ वुझेर मात्र हुन्न, पलपलको सुक्ष्म अध्ययन गर्नुपर्छ। विगतका कुरा सवै अक्षरशः पालना गर्नुपर्छ भन्ने पनि छैन तर इतिहासमा भएको कमि कमजोरीहरुमा सच्चिएर गल्ती दोहरिन हुन्न। हिजो लोकप्रियताको चरम शिखरमा पुगेर युक्रेनले सामाजिक संजालवाट स्थापित नेता त चुने तर देशको हावा पानी माटोको धड्कन नवुझेको नेता पाए र फलतः देशलाई धेरै दशक पछाडि धकेलेर आफ्नै देश जनताको स्थापित पहिचान समेत मेटे।

एक्काइशौ शताव्दिमा अव जनयुद्दको चेतना विस्तारले होइन, सामाजिक संजालले युवामा भ्रम र नैरास्यता थपेर अस्थिर भीडले सदरमुकाम मात्र नेपाल ठान्ने जमातले देशको गन्तव्य निर्धारण गर्ने भएको छ। यस्तो अनुशासन र गतिहिन भीडले समाजमा संकट पैदा गर्छ र समाधान भन्दा समस्या निम्त्याउछ। हिजो प्रश्न गर्नेले आज जिम्मेवार वोध गर्दैन भने कालान्तरमा उनीहरु आफै समाजवाट तिरस्कृत हुन्छन। समयले सत्यको त निर्धारण गर्छ तर धेरै ढिलो हुन्छ सम्वृद्द देशको लागी । त्यसैले, वर्ग विभेदको विगतको हिंसा चटक्कै विर्सेर रुवाण्डा आज विकास, सद्भावको साथ सम्वृद्दिको वाटोमा लम्किरहेको छ ।

राजनीति अनवरत प्रकया हो र सो वुझ्नलाई दशकौ प्रत्यक्ष रुपमा क्रियाशिल हुनपर्छ । यो क्षणिक मोवाइल चलाउने कुरा होइन दीर्घकालिन रुपमा देश चलाउने व्यवस्थित प्रकृया हो । यो निर्वाचनले भविष्य निर्र्क्यौल गर्ने भन्दा पनि संकट तर्फ वढी उन्मुख छ । कैले चुनाव जितौ र विपक्षीलाई पुर्ण निषेध गरी आफु मात्र र्सर्वेसर्वा वनौ भन्नेमा सवै पक्ष लालायीत छन । नया भनिएका वर्गहरु आफु नमुना लायक वन्न भन्दा पनि पुराना खत्तम हुन भन्ने मानक वनाउदै घृणाले भरिएको सामाजिक संजाल नैतिकता गुम्दै मर्यादित नहुदा महिलामैत्री हुन सकेको छैन ।

अनावश्यक नीति नियम मात्र तेर्स्याउने वोझिलो कर्मचारीतन्त्र असफल भएकै हो, भ्रष्टाचार न्युनिकरण गर्न राज्य असफल भएकै हो , दलिय भागवण्डाले राम्रो भन्दा हाम्रो छान्ने प्रवृति व्याप्त भएकै हो, रोजगारको लागी विदेश जाने समाजमा निरासा तिव्र भएकोमा वहस गर्नु जरुरी छैन । स्थापित दलहरु जनताको मनोभावना सम्वोधन गर्न चुकेकै हो । व्यक्तिकेन्द्रित राजनीतिबाट संस्थागत पुनर्संरचना गर्न असफल भएकै हो ।देशको शासन प्रणाली कस्तो छ भनेर नव(आगन्तुकले नेपाल भ्रमण गर्दा विमानस्थलमा झंझटिलो चेकिंग, ट्याक्सी वार्गेनिंग , गौशालासम्म सडक ट्राफिक अवस्था र उपत्यकामा सवारी प्रवेश गर्नेले नौविसे, नागढुंगा, थानकोट र कलंकीका प्रहरीले ढुवानी गर्ने टिप्पर र मालवाहक एउटै सवारी चालकसंग कति चोटी चेकजांच गरेर रकम असुल्छ भनेर प्रष्ट हुन्छ । यातायात, मालपोत , भन्सार वन यावत विविध सरकारी निकायहरुमा जंगवहादुरहरुको सास्ती लेख्न परे खण्डकाव्य नै वन्छ ।

लोकतन्त्रमा ठुला दल टुक्रिनु, क्षणभरमै सकिनु राष्ट्रको शक्ति सन्तुलनको लागी कदापि राम्रो विषय होइन । प्रजातन्त्रमा सवैले आफ्नो क्षेत्रमा सुरक्षित भएर वस्न पाउनु नैसर्गिक अधिकार हो । वर्तमान अवस्थामा काग्रेंस, एमाले र राप्रपाको आधा जनसंख्याको जन परिवार खत्तम हुन, यीनिहरु वाच्न पनि हुन्न भन्ने भाषा तयार गरिदैछ, यस्तो घृणा, वदला, आवेगको समाजले कस्तो नतिजा दिन्छ होला आगामि दिनमा ।

तसर्थ, जेन्जी पुस्ताले सवैलाई स्वागत गरेर सामुहिक रुपमा अघि वढ्नु पर्दछ । माइतिघरमा पानी वांड्ने समुहले काग्रेंस एमालेको महाधिवेसनमा पनि पानी वांडेर पुन्य काम गर्नु पर्थ्यो । प्रजातन्त्रमा अधिवेशन, र्याली आमसभावाट कसैलाई पनि वर्जित गर्नु हुदैन । तर नया भनिएको वाट यस्ता पहलकदमी शुभकार्य गर्नु भन्दा प्रश्नवाट टाढा भाग्ने, जिम्मेवारी वोध नहुने वल्कि अरुलाई एकोहोरो दोषारपण गर्ने प्रवृति देखिदा समाज कता जादैछ भन्ने अनुत्तरित प्रश्न छ । समाजमा सवै वर्ग क्रियाशिल हुन्छ, सवैको आआफ्नै अस्तित्व हुन्छ, कसैलाई घृणा, अशोभनीय गाली गलौज तथा तिरस्कार गरी असहिष्णुताको राजनीति गर्न हुदैन ।

हरेक विवादमा सवै पक्षको जित हुन जरुरी छ । सामाजिक न्यायको उदाहरण सन्दर्भमा काठमांडौका मेयरले फुटपाथका व्यापारी लखेटेर ख्याति कमाउदा सो पक्षको दीर्घकालिन असर कति सम्म पिडादायी हुन्छ भनेर व्यवहारिक पक्ष नवुझेको देखियो।

विकल्प सहितको प्रस्ताव विना समाज असन्तुलन हुन्छ । विस्थापित व्यापारीवाट केही महिलाहरु यौन वजारमा प्रवेश गर्न सक्ने र केही युवाहरु चोरी तथा लुटपाटमा सक्रिय हुन सक्ने देखिदा दीर्घकालीन समाधानमा लाग्नुपर्दछ। न्युरोड क्षेत्रको पार्किंग व्यवसायीहरुलाई निश्चित अवधि र स्थानमा तबपभ बलम बधबथ सेवा प्रदान गर्नपर्छ किनभने सो क्षेत्र चाइनिज गोदाम रहेको होलसेल वजार हो र यसले ३-४ खरवको वार्षिक कारोवारमा लाखौको रोजगारीले चलायमान अर्थतन्त्र वनाएको तथ्य हामीले भुल्न हुदैन।

त्यसैगरी महनगरपालिकाले सार्वजनिक यातायातलाई सहज वनाउन च्यबम ःबचपष्लन गरी म्भमष्अबतभम ीबलभ वनाएको व्यवहारीक रुपमा प्रभावकारी भएन तर यस्ता पक्षहरु सफल असफल भन्दा पनि नया रचनात्मक कदमको प्रोत्साहन गर्नै पर्छ, अझ आगामी दिनमा यस्ता धेरै नविनतम प्रयोगहरु निर्वाध रुपमा अघि वढाउनुपर्छ । राज्यको प्रमुख सेवा सुविधा र आयस्रोतमा हामी गम्भिर हुनै पर्छ तसर्थ विविध नदेखिएको पाटोको यथाशिघ्र सुक्ष्म रुपमा एकिन गरी समस्या समाधान गर्नु नै वुद्दिमानी कदम हो । यस्ता पक्ष तथ्यांक र सवुत प्रमाणमा केलाउने होइन , समाजको सुक्ष्म, विस्तृत र निरन्तर अध्ययन गरेर महशुस गर्ने हो ।

अहिलेको जटिल भुराजनीतिमा हामीले हरेक क्रियाकलाप गर्दा संयम भएर पहिले राष्ट्र भन्ने प्राथमिकतामा दीर्घकालिन कदम चाल्नुपर्ने हुन्छ । कुटनीति आवश्यकता अनुसार सवै पक्षसंग मित्रवत व्यवहार हुनै पर्दछ। प्रतिषोध र संरक्षणको राजनीति उत्कर्षमा विकसोन्मुख देश वंगलादेश आज कुन अवस्थामा छ सर्वविधितै छ। हालको चुनावी नतिजाले डिजिटल दुनियामा हराउने समुहलाई भौतिक संसारमा क्रियाशिल हुने समुहले जीत हासिल गरी संकटमोचनको अवस्थामा छ तर यथावतरुपमा अति संवदेनशील नै छ।

सो आसपासको क्षेत्र भारतको चिकन नेक तथा सात पुर्वी राज्यमा पश्चिमि प्रभाव, म्यानमारको रखाइन प्रान्त, चीन भुटान भारत सीमा र नेपालको पुर्व क्षेत्र कसरी अन्तर सम्वन्धले वाधिएको छ हामीले यथार्थ वुझ्नैपर्ने हुन्छ। शक्तिशाली देश रसिया छेउ युक्रेनको वफर स्टेटमा आधारित सन्तुलित परराष्ट्र नीति हुन पर्छ । तसर्थ, भारतलाई गाली गरेर राष्ट्रवादी नवनौ, चीनलाई भुलेर अपनत्व नगरौ, तेस्रो देशसंग प्रत्यक्ष जोडेर आफ्नो नवनौ। वडामहाराजधिराज पृथ्वी नारायण शाहको हरेक उक्तिको सार वुझौ, नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो र दुइ ढुंगा विचको तरुल हो। चेतना भया।