आज फागुन १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- परिस्थिति चुनौतीपूर्ण देखिए पनि निरन्तर प्रयासले सहयोगीहरूबाट फाइदा लिन सकिनेछ । गोपनीयता कायम राख्नु आवश्यक छ। समयमै सचेत नबन्दा शुभचिन्तक टाढिन सक्छन् । मेहनतको फल ढिलो भएपनि अवश्य प्राप्त हुनेछ, तर काम बिग्रने चिन्ताले सताउन सक्छ।

वृष- टाढिएका आफन्तसँग पुनः भेटघाट हुने सम्भावना छ । रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। अधिकारका विषयमा केही संघर्ष गर्नुपर्ला। अवरोधहरू आएपनि परिश्रमले उपलब्धि र सम्मान दिलाउनेछ। खर्चमा संयमता अपनाउनु राम्रो हुनेछ।

मिथुन- स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। बाध्यतापूर्ण काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ। सहयोगको आशा गरेका व्यक्तिबाट निराशा मिल्न सक्छ, तर धैर्य र साहसले समस्या समाधान गर्न सकिनेछ । अप्रत्याशित रूपमा रोकिएको काम बन्नाले उत्साह थपिनेछ।

कर्कट- प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णयले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ। काम पूर्ण नभए पनि केही लाभ हुनेछ। सामाजिक जिम्मेवारी वहन गर्दा भविष्यमा फाइदा हुने अवसर मिल्नेछ । खर्च बढ्ने सम्भावना छ।

सिंह- विगतका सफलताले नयाँ कार्यका लागि प्रेरणा दिनेछ । रचनात्मक क्षेत्रमा सक्रियता बढ्नेछ। आयआर्जनका स्रोत विस्तार हुने संकेत छ । सन्तान, अनुयायी वा मातृपक्षको साथ र सल्लाह लाभदायक हुनेछ । सानो अवरोध आएपनि परिणाम सकारात्मक रहनेछ।

कन्या- नयाँ प्रस्ताव प्राप्त हुने सम्भावना छ र पुराना कमजोरी सुधार गर्ने अवसर मिल्नेछ। आर्थिक लाभको योग छ। कामको चाप कम भई विश्राम मिल्नेछ । परिवारको साथले हौसला बढाउनेछ । योजना गोप्य राख्दा राम्रो हुनेछ।

तुला- रोकिएको काम सम्पन्न भई आत्मविश्वास बढ्नेछ। उपलब्धिको नयाँ स्रोत पहिचान गर्न सकिनेछ । अरूका काममा समय दिनुपरेपनि अनुभव बढ्नेछ । जोखिमपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। खानपानमा सावधानी अपनाउनु आवश्यक छ।

वृश्चिक- अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै प्रयासमा जोड दिनुहोला। परिवारको आवश्यकतामा ध्यान दिने समय छ । दीर्घकालीन लाभ हुने क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभचिन्तकको सुझाव सुनेर अघि बढ्दा राम्रो परिणाम आउनेछ।

धनु-टाढाको यात्राको तयारी हुन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ। सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । आम्दानी सन्तोषजनक रहनेछ, तर आफ्ना लक्ष्य पूरा गर्न आत्मनिर्भरता आवश्यक हुनेछ।

मकर- आर्थिक तथा भौतिक लाभको समय छ । कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा सफलता मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ। लगनशीलताले प्रतिष्ठित कार्यमा अवसर दिलाउनेछ।

कुम्भ- अनावश्यक वादविवादबाट टाढा रहनु उपयुक्त हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । छिमेकी वा नजिकका व्यक्तिसँग असमझदारी बढ्न सक्ने भएकाले संयमता अपनाउनु आवश्यक छ । बुद्धिमानी निर्णयले लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्नेछ।

मीन- चुनौतीहरू सामना गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । प्रतिस्पर्धी वातावरणमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ। साथीभाइसँग दूरी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले विश्वास कायम राख्न सकिनेछ । पुराना समस्याले सताए पनि धैर्यले समाधान सम्भव हुनेछ।