निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए।
उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन्। मतदानको प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन्।
निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ।
