ओलीसँग वादविवाद चल्दाचल्दै ढलेका जगन्नाथ वीर अस्पताल भर्ना

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन्।

पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला सोमबार साँझ भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका उनी आज उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।

वीर अस्पतालका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पताल भर्ना गरिएको हो।

भक्तपुरको ठिमीमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी आज थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।