सुकेधारा र नैकापमा गाडीमा आगजनी,दुर्गा प्रसाईंको पर्चा भेटियो

फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ। आज बिहान सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।